hogorkha@gandaki.gov.np and hogorkha@gmail.com || 064420119

||
गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
स्वास्थ्य कार्यालय
गोर्खा

नेपालको  गण्डकी प्रदेश भित्र रहेका ११ वटा जिल्लाहरु मध्ये  गोरखा जिल्ला एक हो । ८४°. २७‘ देखि  ८४°. ५८‘ पूर्वी  देशान्तर  र २७°. १५‘ देखि  २८°. १५‘  उत्तरी अक्षांशमा फैलिएको यस जिल्लाकाे  सिमाना पूर्वमा धादिङ्ग र तिब्वत,  पश्चिममा तनहुँ, लम्जुङ्ग र  मनाङ्ग, उत्तरमा मनाङ्ग र तिब्वत र दक्षिणमा चितवन र तनहुँ जिल्ला पर्दछन् । गोरखा जिल्ला  एतिहासिक, धार्मिक तथा सास्कृतिक दृष्टीकोणले परिचित छ । संघिय संरचना अनुसार यस जिल्लालाइ २ वटा नगरपालिका, ११ वटा गाउँपालिका र ९४ वडाहरुमा  बिभाजन गरिएको छ ।

यस जिल्लामा  स्वास्थ्य सेवा प्रवाह गर्न ४ वटा  सरकारी अस्पताल, ३ वटा प्राथमिक स्वास्थ्य केन्द्र,  ६७ वटा हेल्थ पोष्ट,  ७ वटा शहरी स्वास्थ्य केन्द्र, ५० वटा  सामुदायिक स्वास्थ्य इकाइ,  १८ वटा शिघ्र कूपोषणको  एकिकृत व्यवस्थापन (OTC) केन्द्र ,  १८६ वटा  गाउँघर  क्लिनिक    २४३ वटा  खोप केन्द्रहरु  रहेका छन् भने ६२४ जना महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरु रहेकाछन्